कृषि विकास बैंकद्वारा ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर सञ्चालनमा

शुक्रबार, ०९ माघ २०८२, १२ : ५२

काठमाडौं- कृषि विकास बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित बैंकले समयक्रमसँगै व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको बताए । सीईओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

वार्षिकोत्सव अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक सुरुआत गरेको छ ।

 
शुक्रबार, ०९ माघ २०८२, १२ : ५२

प्रतिक्रिया