सिद्धार्थ बैंकका ग्राहकले आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशत सम्मको छुट पाउने

शनिबार, १० माघ २०८२, १२ : १३

काठमाडौं- सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौताअनुसार लाजिम्पाटस्थित होटेलले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस्, मौलाकाली केबलकार, लुम्बिनी केबल कार र पोखरा स्थित द लेक रिट्रिटमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि ग्राहकहरुले बैंकको सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।

 
शनिबार, १० माघ २०८२, १२ : १३

प्रतिक्रिया