महिन्द्रा थार रक्स ‘स्टार एडिसन’ सार्वजनिक, सुरुवाती मूल्य कति ?

मंगलबार, १३ माघ २०८२, १२ : ०७

काठमाडौं- एसयुभी सेग्मेन्टमा आफ्नै पहिचान बनाएको महिन्द्राले थार रक्सको विशेष संस्करण ‘स्टार एडिसन’ सार्वजनिक गरेको छ।

आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर र शक्तिशाली इन्जिन विकल्पसहित आएको यस नयाँ एडिसनको सुरुवाती मूल्य १६ लाख ८५ हजार भारतीय रुपैयाँ तोकिएको छ।

थार रक्स स्टार एडिसन पेट्रोल र डिजेल दुवै इन्जिन विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो एसयुभी तीन भेरिएन्टमा ल्याइएको हो। डिजाइनतर्फ ट्याङ्गो रेड, एभरेस्ट ह्वाइट, स्टेल्थ ब्ल्याक र नयाँ सिट्रिन येलो गरी चारवटा कलर अप्सन दिइएको छ।

एसयुभीको बाहिरी स्वरूपलाई अझ आक्रामक देखाउन ग्लस ब्ल्याक ग्रिल, १९ इन्चको एलोय ह्विल र सी–पिलरमा विशेष संस्करण ब्याज जडान गरिएको छ। यसले थार रक्सलाई नियमित संस्करणभन्दा फरक र स्पोर्टी लुक दिएको छ।

इन्टेरियरतर्फ ब्ल्याक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले र हर्मन कार्डन साउन्ड सिस्टम जस्ता प्रिमियम फिचर समावेश गरिएको छ।

पावरट्रेनमा २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर डिजेल इन्जिन दिइएको छ। दुवै इन्जिन ६ स्पिड अटोमेटिक ट्रान्समिसनसँग उपलब्ध छन् भने डिजेल संस्करणमा ६ स्पिड म्यानुअल ट्रान्समिसनको विकल्प पनि दिइएको छ।

स्टाइल, प्रविधि र पर्फमेन्सको संयोजनसहित आएको थार रक्स स्टार एडिसनले अफ–रोड प्रेमी र प्रिमियम एसयुभी खोज्ने ग्राहकलाई लक्षित गरेको महिन्द्राको दाबी छ।

 
मंगलबार, १३ माघ २०८२, १२ : ०७

प्रतिक्रिया