नेपाल र चीनबीच डिजिटल भुक्तानी र लगानी सहजीकरणमा सहमति

बुधबार, १४ माघ २०८२, १५ : ५८

काठमाडौं- चीनमा सम्पन्न अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंक (BIS)  को २०औँ एसिया–प्यासिफिक उच्चस्तरीय बैंकिङ सुपरभिजन बैठकका क्रममा नेपाल राष्ट्र बैंक र पिपुल्स बैंक अफ चाइनाबीच सहकार्य सुदृढ गर्ने सहमति भएको छ। 

डिजिटल भुक्तानी प्रणालीको आधुनिकीकरण, सीमापार कारोबार सहजीकरण तथा लगानी प्रवर्द्धनका विषयमा दुवै बैंकबीच  सहकार्य सुदृढ गर्ने सहमति भएको छ।

चीनमा सम्पन्न अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंक (BIS)  को २०औँ एसिया–प्यासिफिक उच्चस्तरीय बैंकिङ सुपरभिजन बैठकका क्रममा दुवै केन्द्रीय बैंकका गभर्नरबीच उच्चस्तरीय भेटवार्ता भएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर श्री फान कोङसङबीचको भेटवार्तामा सीमापार कारोबार सहजीकरण तथा लगानी प्रवर्द्धन, जोखिम व्यवस्थापन तथा केन्द्रीय बैंकस्तरीय समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा नेपाल र चीनबीच सीमा–पार भुक्तानी प्रणाली, लगानी प्रवर्द्धन तथा वित्तीय सहकार्य विस्तार का अवसर र चुनौतीबारे विस्तृत छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साथै वित्तीय क्षेत्रका उदाउँदा अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट प्राप्त हुने लाभ तथा समसामयिक विषयमा द्विपक्षीय सहकार्य सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।

विशेषगरी दुवै देशका नागरिकको आवागमनका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहज, सुरक्षित र लागत–प्रभावी बनाउने उपायहरू माथि गम्भीर छलफल भएको जनाइएको छ।

यस अवसरमा पिपुल्स बैंक अफ चाइनाका गभर्नर पानले डिजिटल भुक्तानी प्रणालीको आधुनिकीकरण, वित्तीय सहकार्य विस्तार तथा केन्द्रीय बैंकबीचको समन्वयलाई प्राथमिकतामा राख्ने चीनको दृष्टिकोण प्रस्तुत गरेका थिए।

बुधबार, १४ माघ २०८२, १५ : ५८

प्रतिक्रिया