धादिङवेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ

शनिबार, १७ माघ २०८२, १० : २७

काठमाडौं- एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।

२५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो। क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।

कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्का सहित अन्य अनुभवी सर्भिस टोलीको उपस्थिति रहेको थियो।

निःशुल्क सर्भिसिङका साथै, इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारीसाधनको उचित मर्मत–सम्भार, महत्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए।

एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उत्कृष्ट बिक्री पछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।
 

 
शनिबार, १७ माघ २०८२, १० : २७

प्रतिक्रिया