जनवरीमा टाटा मोटर्सको बिक्रीमा नयाँ रेकर्ड, ईभी मात्र ७२ प्रतिशतले वृद्धि

सोमबार, १९ माघ २०८२, १६ : ३७

काठमाडौं- टाटा मोटर्स इन्डियाले जनवरी २०२६ को बिक्री तथ्यांक सार्वजनिक गरेको छ । टाटा मोटर्सले अहिलेसम्मकै रेकर्ड बिक्री तथ्यांक बाहिर ल्याएको हो ।

कम्पनीद्धारा जारी विज्ञप्तिअनुसार अघिल्लो महिना टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै ठूलो संख्यामा बिक्री बढाउने अपेक्षा अनुरुप नै जनवरीमा ७१ हजार ६६ युनिट कार होलसेल बिक्री गरेको हो । 

टाटाको यो बिक्री अघिल्लो वर्षको जनवरीको तुलनामा ४७.१ प्रतिशतले धेरै हो । सन् २०२५ जनवरीमा टाटाले ४८ हजार ७६ युनिट कार बिक्री गरेको थियो । कम्पनीले निर्यात पनि बढाउँदै लगेको छ । टाटाले जनवरी २०२६ मा ८४४ युनिट निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४० युनिट मात्रै निर्यात गरेको थियो ।

कम्पनीले ईभीको बिक्रीमा पनि ७२.७५ प्रतिशतले वृद्धि गरेको छ । सन् २०२५ मा ५ हजार २४० युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको कम्पनीले जनवरी २०२६ मा ९ हजार ५२ युनिट ईभी बिक्री गरेको हो । 

 
सोमबार, १९ माघ २०८२, १६ : ३७

प्रतिक्रिया