प्रभु बैंकको सीइओमा सुमन शर्मा नियुक्त

मंगलबार, २० माघ २०८२, १२ : ४५

काठमाडौं- प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।

बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनी आजैदेखि लागु हुने गरी आगामी चार वर्षका लागि सीइओमा नियुक्त भएका हुन् । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो ।

यसअघि सनराइज बैंकमा सीइओ रहेका नवनियुक्त सीइओ शर्माले ग्लोबल आइएमई बैंकमा डिसीइओ र माछापुच्छ्रे बैंकमा सीइओ भएर काम गरि सकेका छन् ।

 
मंगलबार, २० माघ २०८२, १२ : ४५

प्रतिक्रिया