हात्तीवन फरेस्ट रिसोर्टमा "केटीएम इन्ड्युरो डे" सम्पन्न

मंगलबार, २० माघ २०८२, १४ : ४८

काठमाडौं- केटीएम नेपालले एक्सट्रीम एनर्जी ड्रिंकसँगको सहकार्यमा माघ १७ गते हात्तीवन फरेस्ट रिसोर्टमा "केटीएम इन्ड्युरो डे" सम्पन्न गरेको छ।

कार्यक्रमले अफ-रोड राइडिङ प्रेमीहरूलाई प्राविधिक चुनौती र साहसिक अनुभवको अवसर प्रदान गर्यो। हात्तीवनको जटिल भू-भागमा निर्माण गरिएको चुनौतीपूर्ण ट्रयाकमा सहभागीहरूले 'लग जम्प' र जंगलका ठाडा बाटाहरू पार गर्दै केटीएमको "Ready to Race" भावनालाई वास्तविक रूपमा अनुभव गरे।

_MGL6070DSC05128_MGL5031_MGL5625

कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने राइडरहरूलाई विभिन्न विधामा पुरस्कृत गरेको छ ।

विजेताहरू:

प्रो विधा (Pro Category): विजेता: प्रज्वल अधिकारी प्रथम रनर अप: प्रभात बोसेल द्वितीय रनर अप: निश्चल अधिकारी

एमेच्योर विधा (Amateur Category): विजेता: केशव गौतम प्रथम रनर अप: राहुल ऐयर द्वितीय रनर अप: अभी रिसाल

महिला विधा (Women’s Category): विजेता: वर्षा बस्नेत प्रथम रनर अप: रुबी सिंह राजपूत द्वितीय रनर अप: मिग्मा डोल्मा तामाङ

केटीएम नेपालले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्दै, सहभागी र दर्शकहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ। एक्सट्रीम एनर्जी ड्रिंक र हात्तीवन फरेस्ट रिसोर्टलाई पनि कार्यक्रममा सहयोग र सुविधा उपलब्ध गराएकोमा केटीएम नेपालले आभार व्यक्त गरेको छ । 

 
मंगलबार, २० माघ २०८२, १४ : ४८

प्रतिक्रिया