काठमाडौं- मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधन प्रोटोनको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उच्च लोकप्रियता हासिल गर्दैछ। प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. मार्फत उपलब्ध यो मोडेल आधुनिक प्रविधि र दीर्घकालीन टिकाउपनका लागि परिचित छ।
इमास ७ को प्रमुख आकर्षण एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) हो। यो ब्लेड टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधि प्रयोग गर्ने पहिलो पुस्ताको ब्याट्री हो, जसले उच्च ऊर्जा घनत्व, लामो ड्राइभिङ रेन्ज र दीर्घकालीन प्रदर्शन स्थिरता सुनिश्चित गर्दछ। यस ब्याट्रीको चार्जिङ क्षमता पनि प्रभावशाली छ।
३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र २० मिनेटमै चार्ज हुने यस प्रणालीले समय बचत गर्दै शहर र लामो दूरीका यात्राका लागि उपयुक्त बनाउँछ। साथै, आगो प्रतिरोधी संरचनाले चालक र यात्रु दुवैका लागि अतिरिक्त सुरक्षा सुनिश्चित गर्दछ। ब्याट्रीको स्मार्ट लेआउटले क्याबिन स्पेस अधिकतम बनाउँदै यात्रु सुविधा बढाएको छ।
एनइडिसी प्रमाणित ४९२–५८५ किलोमिटर ड्राइभिङ रेन्ज भएको इमास ७ दैनिक शहर यात्रा र लामो दूरीका यात्राका लागि सक्षम रहेको छ। प्रोटोन नेपालले इमास ७ को सुरुवातसँगै नेपाली बजारमा सुरक्षित, आधुनिक र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
प्रतिक्रिया