काठमाडौं- मोदी ईनर्जी लिमिटेडले हकप्रद सेयर निष्कास गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ।
कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो। कम्पनीबाट प्राप्त निवेदन छानबिन गरी आयोगले १ बराबर १ः०.९००२९ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि माघ २० गते पूर्व स्वीकृति दिने निर्णय गरेको हो।
अब कम्पनीले सोही अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।
बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न पाउनेछ।
प्रतिक्रिया