गायक कालिप्रसाद बास्कोटाले लिए एक्सपेङ जी सिक्स ईभी

विहीबार, २२ माघ २०८२, १५ : ४०

काठमाडौं- गायक तथा संगीतकार कालिप्रसाद बास्केटाले एक्सपेङ जी सिक्स ईभी लिएका गरेका छन् ।

एक्सपेङ जी सिक्सको आधिकारिक ब्राण्ड एन्डोर्सर समेत रहेका बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साको रूपमा एक्सपेङ जी सिक्स रोजेका हुन् ।

उनको यो छनोटले नवप्रवर्तन, बौद्धिकता र भविष्य केन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ ।

परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा नयाँ पुस्ताका सर्जकहरूको प्रतिनिधि हुन् ।

एक्सपेङको अत्याधुनिक एसईपीए २।० प्लेटफर्ममा निर्माण गरिएको एक्सपेङ जी सिक्सले स्लिक कुपे एसयूभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट जेन टेक्नोलोजीमार्फत प्रिमियम ईभी सेग्मेन्टमा आफूलाई अलग पहिचान दिएको छ ।

यो ८०० भोल्ट चार्जिङ आर्किटेक्चर मा बनेको ईभी हो । यसले एकपटकको फुलचार्जमा ४३५ किमीसम्मको रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको छ ।

यसमा १९० किलोवाट शक्तिशाली इलेक्ट्रीक मोटर छ । यसले ४४० न्युटन मिटर टर्क प्रदान गर्छ । उन्नत स्मार्ट प्रविधि, फास्ट चार्जिङ क्षमता तथा फराकिलो र आरामदायी इन्टेरियरले सुसज्जित एक्सपेङ जी सिक्सले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गरेको छ।

डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस–इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले एक्सपेङ जी सिक्स लाई प्रदर्शन, आराम र नवप्रवर्तनको सन्तुलित संयोजन बनाएको छ।

 
विहीबार, २२ माघ २०८२, १५ : ४०

प्रतिक्रिया