कोका-कोला र ओपन डोरको सहकार्यमा टी-२० विश्वकपका खेलहरू टुँडिखेल र तीनकुनेमा प्रत्यक्ष प्रदर्शन गरिने

शनिबार, २४ माघ २०८२, १२ : १४

काठमाडौं- कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ। ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना गरिनेछ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रममार्फत दर्शकहरूले विशाल स्क्रिनमा प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभव लिन सक्नेछन्। क्रिकेट स्क्रिनिङसँगै सांगीतिक मनोरञ्जन, अन्तरक्रियात्मक कार्यक्रम तथा विभिन्न ब्रान्ड गतिविधिहरू पनि समावेश गरिने आयोजकले जनाएको छ।

कार्यक्रम अनुसार टुँडिखेलमा फेब्रुअरी ८ र १२, २०२६ मा तथा तीनकुनेमा पनि सोही अवधिमा स्क्रिनिङ आयोजना गरिनेछ। कार्यक्रम स्थलको गेट दिउँसो १ बजे खुल्नेछ भने खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

खेल सुरु हुनुअघि लोकप्रिय गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ, जसले खेलको उत्सवमय माहोललाई थप रौनक प्रदान गर्नेछ। 

आयोजकका अनुसार यो कार्यक्रमले क्रिकेटप्रेमीहरूलाई केवल खेल हेर्ने अवसर मात्र नभई उत्साहपूर्ण र अन्तरक्रियात्मक अनुभव पनि प्रदान गर्नेछ।

यसैगरी, कोका–कोला नेपालले क्रिकेटप्रेमीहरूका लागि आईसीसी पुरुष टी–२० विश्वकप २०२६मा नेपालका खेलहरू भिआईपी जोनबाट प्रत्यक्ष हेर्न सकिने विशेष पास जित्ने अवसरसमेत उपलब्ध गराएको छ। 

उक्त विशेष पास जित्न इच्छुक व्यक्तिहरूले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन्।

 
शनिबार, २४ माघ २०८२, १२ : १४

प्रतिक्रिया