काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २५ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत् बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो। केन्द्रीय बैंकले ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन्
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ८ गते हुनेछ ।
प्रतिक्रिया