काठमाडौं- सन् २०२६ मा दीपलका दुई नयाँ मोडल नेपाल आउने भएका छन् । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले इन्ट्री मोडलको रुपमा ह्याचव्याक र नयाँ एसयूभी ल्याउने भएको हो ।
कम्पनीका अनुसार मार्च अन्तिमसम्ममा दीपल एस–०३ एसयूभी परीक्षणको लागि आउनेछ भने केही समयमा बिक्री सुरु हुनेछ ।
यस्तै, सेप्टेम्बरमा आयोजना हुने अटो शोमा चांगान लुमिन मिनी कारको पाँच ढोके मोडल बजारमा ल्याउने कम्पनीको भनाइ छ ।
मूल्यका हिसाबले पनि यी दुवै गाडी कम्पनीको बजेट फ्रेण्डली मोडल हुनेछ । लुमिनको मूल्य करिब २५ लाखबाट सुरु हुनेछ ।
प्रतिक्रिया