प्रभु महालक्ष्मी लाइफको १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मंगलबार, २७ माघ २०८२, १० : २६

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५५ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

 
मंगलबार, २७ माघ २०८२, १० : २६

प्रतिक्रिया