दुई ब्याट्री अप्सनसहित ‘ए-१०’ एसयूभी बजारमा आउँदै

विहीबार, २९ माघ २०८२, १२ : ५४

काठमाडौं- लीपमोटरको ए-१० एसयूभी बजारमा आउने भएको छ । चीनबाट बिक्री सुरु हुने ए-१० एसयूभी ४० र ५३ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित आउने पक्का भएको हो ।

यसमा रहेको सानो ब्याट्री ३९.८ किलोवाट आवरको मात्रै छ । जसको सीएलटीसी रेन्ज ४०३ किलोमिटर दाबी गरिएको छ । यसले अनरोडमा ३०० किलोमिटर आसपास रेन्ज दिने अनुमान छ ।

ठूलो ५३ किलोवाट आवरको ब्याट्रीले ५०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले जनाए पनि सडकमा ३७० किलोमिटर आसपासको रेन्ज रहनेछ । चार्जिङको मामलामा पनि यो मोडल उत्कृष्ट रहने छ । यसलाई डीसी चार्जरको सहायताले १६ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

‘टेक्नोलोजिकल नेचुरल एस्थेटिक २.०’ डिजाइन ल्याङ्गेवजमा तयार भएको ए(१० एसयूभीमा स्माइलिङ हेडल्याम्प र हाहा टेललाइट दिइएको छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहेको छ । ह्वीलबेस पनि २६०५ एमएम लामो छ ।

नेपाली बजारमा सांग्रिला मोटर्सले आगामी अगस्ट २०२६ सम्ममा ए-१० एसयूभी उपलब्ध गराउने अनुमान गरिएको छ । 

 
विहीबार, २९ माघ २०८२, १२ : ५४

प्रतिक्रिया