काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबारका लागि निर्धारण गरेको प्रारम्भिक कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति असन्तुष्टि जनाएको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा तोकेको उल्लेख गर्दै उक्त दायरा कम्पनीको वास्तविक वित्तीय अवस्था र मूल्यांकनसँग मेल नखाने जनाएको हो । कम्पनीका अनुसार यो सीमा अंकित मूल्यको करिब तीन गुणासम्म मात्र भएकाले बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यभन्दा निकै कम रहेको जनाएको छ ।
धितोपत्र बोर्डको निर्देशिका अनुसार कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको थियो । सो क्रममा योग्य संस्थागत लगानीकर्ताबीच प्रतिस्पर्धात्मक बोलपत्रबाट प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य निर्धारण भएको थियो। निर्धारित मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया