काठमाडौं- रोयल इनफिल्डले आफ्नो मोटरसाइकलको उत्पादन क्षमता बढाउने भएको छ । ब्रिटिस मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले भारतमा आफ्नो मोटरसाइकलको उत्पादन बढाउने घोषणा गरेको हो ।
कम्पनीले भारतको तामिलनाडुस्थित चेयर प्लाण्टमा हरेक वर्ष १४ लाख ६० हजार युनिट मोटरसाइकल उत्पादन गर्दै आएकोमा अब बढाएर हरेक वर्ष २० लाख युनिट पुर्याउने भएको हो ।
कम्पनीले यसका लागि आफ्नो मोटरसाइकल उत्पादन भइरहेको चेयर प्लाण्टमा ९ अर्ब ५८ करोड भारु लगानी गर्ने भएको छ । भारतसँगै अन्य देशहरूमा माग बढ्दै जाँदा कम्पनीले मोटरसाइकल उत्पादन बढाउने लक्ष्य बनाएको हो ।
कम्पनीले सन् २०२५ मा १० लाख ७१ हजार ८०९ युनिट मोटरसाइकल बिक्री गर्दै पहिलो पटक १० लाख युनिटको माइलस्टोन पार गरेको छ । यो रोयल इनफिल्ड मोटरसाइकलको अहिलेसम्मकै उच्च बिक्री रेकर्ड हो ।
२०२५ मा रोयल इनफिल्ड इन्डियाले १ लाख ३२ हजार १३२ युनिट मोटरसाइकल अन्य देशमा निर्यात गरेको छ ।
प्रतिक्रिया