काठमाडौं- नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
मिति २०८२ साल माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न उपचार सेवामा कुल बिल रकमको ५ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यबाट नेपाल बैंकका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका खातावाल ग्राहकहरूले एभरेष्ट हस्पिटलद्वारा प्रदान गरिने सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया