तरलता व्यवस्थापन

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

मंगलबार, ०५ फागुन २०८२, १० : २५

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। 

केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त पैसा तान्न लागेको हो । 

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ८९ दिने निक्षेप संकलन उपकरणको आउँदो २०८३ जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 
मंगलबार, ०५ फागुन २०८२, १० : २५

प्रतिक्रिया