काठमाडौं- नेपालको बजारमा ग्रेटवाल मोटर्सको नयाँ एसयूभी ‘ओरा फाइभ’आउने भएको छ । भिजी इम्पेक्स प्रालिले आगामी मार्च महिनाको अन्तिमसम्ममा ओरा फाइभ नेपाल ल्याउने जानकारी दिएको हो ।
ग्रेटवाल मोटर्सको न्यू इनर्जी ब्राण्ड ओरामा यसअघि पनि ओरा थ्री नेपाली बजारमा उपलब्ध थियो । ओरा थ्री ह्याचब्याक कार भने ओरा फाइभ एसयूभी डिजाइनमा आउँदैछ ।
अहिले नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बीवाइडी एटो टु र एटो थ्री, एमजी एस फाइभ, ओमोडा ई फाइभ, लीपमोटर बी–१०, दीपल एस–०५, हुन्डाई क्रेटा ईभी, महिन्द्रा बीई सिक्स र टाटा कर्भ ईभी उपलब्ध छन् । यही सेग्मेन्टमा ओरा फाइभ पनि उपलब्ध हुनेछ ।
ओरा फाइभको लम्बाइ ४४७१ एमएम, चौडाइ १८८३ एमएम र उचाइ १६४१ एमएम छ ।
ओरा फाइभमा १८ इन्चको अलोय ह्वील दिइएको छ । अगाडि सर्कुलर हेडलाइट र पछाडि एलईडी टेल लाइट छ । छतमा लाइडार दिइएको छ ।
प्रतिक्रिया