मारुती सुजुकी 'ई भिटारा' तीन भेरियन्टको मूल्य सार्वजनिक

आइतबार, १० फागुन २०८२, ११ : ३४

काठमाडौं- मारुती सुजुकी ई भिटाराको तीन भेरियन्टको मूल्य सार्वजनिक भएको छ । 

सुजुकीले भारतमा ई भिटारा इलेक्ट्रीक एसयूभी दुई फरक मोडालिटीमा बिक्री थाल्ने भएको हो ।

कम्पनीले ई भिटाराको डेल्टा भेरियन्टलाई ४९ किलोवाट आवरको ब्याट्रीमा ल्याएको छ । यसको ब्याट्री सहितको मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ । तर, ब्याट्री बाहेकको किन्दा मूल्य १० लाख ९९ हजार रुपैयाँ तिर्दा पुग्छ । यसमा ब्याट्री प्रयोग वापत प्रति किलोमिटर ३ रुपैयाँ ९९ पैसा प्रतिकिलोमिटर तिर्नु पर्ने हुन्छ ।

डेल्टा बाहेक अन्य दुई भेरियन्ट जेटा र अल्फामा ठूलो ६१ किलोवाट आवरको ब्याट्री दिइएको छ । जेटा ब्याट्री सहितको मूल्य १७ लाख ४९ हजार भारतीय रुपैयाँ मूल्य कायम भएको छ । यसको ब्याट्री बाहेकको मूल्य ११ लाख ९९ हजार र प्रतिकिलोमिटर ४ रुपैयाँ ३९ पैसा तिर्नु पर्ने हुन्छ ।

अल्फा भेरियन्टको मूल्य २० लाख १ हजार कायम गरिएको छ । यसको ब्याट्री बाहेक किन्दा १४ लाख ५१ हजार तिर्नुपर्छ । यसमा पनि प्रतिकिलोमिटर ४ रुपैयाँ ३९ पैसा अतिरिक्त रकम तिर्नु पर्छ । अल्फाको ड्यूल टोन कलरमा खरिद गर्न चाहनेले अतिरिक्त ३० हजार भारतीय रुपैयाँ तिर्नु पर्छ ।

नेपाली बजारमा छिट्टै आउने अनुमान गरिएको ई भिटाराको मूल्य कति पर्छ भन्ने धेरैको चासो रहेको छ । नेपालमा मोटर पावरको आधारमा कर लाग्नेछ भने सोही आधारमा मूल्य पर्नेछ । 

भारतमा १०७ किलोवाट र १३० किलोवाटको मोटरमा यसलाई बिक्री थालिने भएको छ । यदि, यही मोटर पावरमा आउने हो भने केही बढी कर लाग्छ ।

 
आइतबार, १० फागुन २०८२, ११ : ३४

प्रतिक्रिया