आईसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

सोमबार, ११ फागुन २०८२, १० : ३५

काठमाडौं- आईसीएफसी फाइनान्स लिमिटेडको “८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्रीमा आएको छ।

यस अन्तर्गत प्रति ऋणपत्र १ हजार अंकित मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो। 

जसमध्ये ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। सार्वजनिक निष्कासनमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।

यसमा आवेदन दिंदा न्यूनतम २५ कित्ताका लागि र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ।

७ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
 

 
सोमबार, ११ फागुन २०८२, १० : ३५

प्रतिक्रिया