आईपीओ

पाल्पा सिमेन्टको आईपीओ आजदेखि सर्वसाधारणको लागि बिक्री खुला

मंगलबार, १२ फागुन २०८२, १० : २९

काठमाडौं- पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आज फागुन १२ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गरेको हो।

पहिलो चरणमा कम्पनीले १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। 

त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरेको छ।

कम्पनीले बाँकी रहेको ४५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सर्वसाधारणले छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन पउनेछन्। 

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ुआइआरएन डबल बी प्लस इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 
मंगलबार, १२ फागुन २०८२, १० : २९

प्रतिक्रिया