ओलीप्रति समवेदना व्यक्त गर्न गुण्डु पुगे राष्ट्रपति पौडेल

मंगलबार, ०३ चैत्र २०८२, १३ : १९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन् । 

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

 
 
मंगलबार, ०३ चैत्र २०८२, १३ : १९

प्रतिक्रिया