फोर्थिङद्वारा‘फोर्थिङ एक्सचेन्ज फेस्ट’को घोषणा: ७ लाखसम्मको विशेष सुविधा

विहीबार, ०५ चैत्र २०८२, ०९ : ३३

काठमाडौं– फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा. लि. ले काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) २०८२ चैत ६ देखि ८ गतेसम्म (२०-२२ मार्च २०२६) आयोजना हुने "फोर्थिङ एक्सचेन्ज फेस्ट" को घोषणा गरेको छ।

यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोर्थिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्दछ।

ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्, जसमा निम्न सुविधाहरू समावेश छन्:
•    एक्सचेन्ज बोनस: हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने।
•    नगद छुट: नयाँ Forthing Friday को खरिदमा आकर्षक नगद छुट।
•    १ वर्षको अटो प्लस बीमा: यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज।
•    १ वर्षको सडक कर: स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर समावेश।
नि:शुल्क स्पेयर टायर र एसी (AC) चार्जर: कुनै अतिरिक्त शुल्क बिना आवश्यक सामग्रीहरू उपलब्ध।

लक्ष्मी ई-मोबिलिटी प्रा. लि. का अनुसार:

"हाम्रो ‘Forthing Exchange Fest’ केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा हो। ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ।"

ब्रान्डको बारेमा: फोर्थिङ, चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी Dongfeng Motor Group को सहायक कम्पनी Dongfeng Liuzhou Motor Co. Ltd. अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो।

कम्पनीको बारेमा: लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रा. लि. नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो।

 
 
 
 
 
विहीबार, ०५ चैत्र २०८२, ०९ : ३३

प्रतिक्रिया