याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा, १५ हजारसम्म बोनस र सस्तो ईएमआई सुविधा

विहीबार, ०५ चैत्र २०८२, १० : १४

काठमाडौं– Kuzu Nepal pvt. Ltd नेपालमा Yadea को आधिकारिक वितरकले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा गरेको छ। कम्पनीका अनुसार यो विशेष अभियान चैत्र ४ देखि चैत्र ११ गतेसम्म सञ्चालन हुनेछ।

सीमित अवधिका लागि ल्याइएको उक्त कार्निभलमार्फत नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटीतर्फको रूपान्तरणलाई तीव्र बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत ग्राहकहरूले Yadea Owin र Yadea E8S Pro मोडेल खरिद गर्दा अधिकतम १५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। साथै मासिक ३,९९९ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधासमेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार उक्त एक्सचेन्ज कार्निभल नेपालभर रहेका याडियाका सबै शो–रुममा सञ्चालन हुनेछ। ग्राहकलाई नजिकको शोरुममा गएर विशेष अफरको लाभ लिन आग्रह गरिएको छ।

विश्व बजारमा लगातार ८ वर्षसम्म बिक्रीका आधारमा नम्बर १ स्थान कायम गरेको याडियाले नेपालमा पनि इलेक्ट्रिक सवारी साधनको क्षेत्रमा आफूलाई अग्रणी ब्रान्डका रूपमा स्थापित गर्दै आएको कम्पनीको दाबी छ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार यो अभियानले इलेक्ट्रिक सवारीलाई अझ किफायती, सहज र आकर्षक बनाउँदै ग्राहकलाई वातावरणमैत्री यातायाततर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ।

इन्धनको मूल्यवृद्धि र वातावरणीय सचेतना बढ्दै गएको अवस्थामा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ स्मार्ट र आधुनिक सवारी खोजिरहेका ग्राहकका लागि आकर्षक अवसर बन्ने अपेक्षा गरिएको छ।

 
विहीबार, ०५ चैत्र २०८२, १० : १४

प्रतिक्रिया