काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्न थालेको छ। हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ निकट मानिएको समूहले सोमबार आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ।
सो समूहले एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिव प्रसाद घिमिरे तथा जिल्ला–नगरतर्फका दुई उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा लाई अघि सार्ने तयारी गरेको स्रोतले जनाएको छ।
पाण्डे र घिमिरे दुवै महासंघका केन्द्रीय सदस्य हुन्। दिलसुन्दर श्रेष्ठ महासंघको बागमती प्रदेश अध्यक्ष तथा कृष्ण प्रसाद शर्मा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
प्रतिक्रिया