किन तुलसीपुर उपमहानगरको राजस्व लक्ष्य अनुसार उठेन ?

सोमबार, ०९ चैत्र २०८२, १४ : ४८


काठमाडौं – दाङको तुलसीपुर उपमहानगरले चालु आर्थिक वर्ष २०८२र८३ को आठ महिनामा लक्ष्यभन्दा न्यूून राजस्व संकलन गरेको छ । आन्तरिक आय तथा राजस्व बाँडफाँडसमेत गरी कुल ७३ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १६ करोड ६१ लाख मात्रै राजस्व संकलन भएपछि न्यून देखिएको हो ।

उपमहानगरको तथ्यांकअनुसार हालसम्म आन्तरिकतर्फ ११ करोड ८४ लाख र मालपोत राजस्व बाँडफाँडतर्फ ४ करोड ७७ लाख रुपैयाँ संकलन भएको छ । राजस्व संकलनको मुख्य स्रोत मानिएका बहुवर्षीय ठेक्का नवीकरण नहुँदा आम्दानीमा उल्लेखनीय गिरावट आएको राजस्व शाखाले जनाएको छ ।

उपमहानगरमा रहेका सातवटा बहुवर्षीय ठेक्कामध्ये अधिकांश नवीकरण हुन नसक्दा धेरै शीर्षकबाट आम्दानी शून्य रहेको छ । राजस्व शाखा प्रमुख कर्णबहादुर हमालका अनुसार बहुवर्षीय ठेक्काबाट अपेक्षित आम्दानी नहुँदा समग्र राजस्व संकलन प्रभावित भएको हो । जेनजी आन्दोलनको कारण मालपोतमार्फत उठ्ने रकम कम भएको छ ।

सोमबार, ०९ चैत्र २०८२, १४ : ४८

प्रतिक्रिया