कपिलवस्तुमा तीन दिनदेखिको निषेधाज्ञा हट्यो

मंगलबार, १० चैत्र २०८२, १३ : २४

काठमाडौं– कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ। 

जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको हो । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार विवाद साम्य भएर शान्ति सुरक्षाको अवस्थामा सुधार आएपछि आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

चैत ७ गते चर्को आवाजमा भवन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो। 

तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो। 

आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्। 
 

 
मंगलबार, १० चैत्र २०८२, १३ : २४

प्रतिक्रिया