सात महिनामै वीरगञ्ज भन्सारले गर्‍यो एक खर्ब ५४ अर्ब राजस्व संकलन

विहीबार, १२ चैत्र २०८२, १० : १०

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ ।
 
कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए ।

चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड राजस्व संकलन ग¥यो । भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो । 

यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुन रु १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ ।

 
 
विहीबार, १२ चैत्र २०८२, १० : १०

प्रतिक्रिया