वर्षमान पुन भन्छन्– रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौं

विहीबार, १२ चैत्र २०८२, १५ : ४९

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए  । उनले विगतको संसदीय अनुभवलाई आफ्नो कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 
विहीबार, १२ चैत्र २०८२, १५ : ४९

प्रतिक्रिया