केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रबार, १३ चैत्र २०८२, १५ : २३

काठमाडौँ- केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ ।  बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए ।उनीहरू सबैले सिंहदरबार पुगेर पदभार गरिसकेका छन् । सरकारले गर्ने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्बाट निर्णय लिइने बताइएको छ ।

 
 
 
शुक्रबार, १३ चैत्र २०८२, १५ : २३

प्रतिक्रिया