सुशीला कार्कीको ससम्मान बिदाइ, बालेनलाई सुम्पिइन् सत्ताको बागडोर

शुक्रबार, १३ चैत्र २०८२, १६ : ००

 

काठमाडौं- नेपालको राजनीतिक इतिहासमा जेनजी आन्दोलनु पश्चात् गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी बिदा भएकी छन्। नवनिर्वाचित प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेसँगै कार्कीले आजै सत्ता हस्तान्तरण गरेकी हुन्।

बिदाइ कार्यक्रममा कार्कीले नवनियुक्त प्रधानमन्त्री शाहलाई कुर्सीमा बसाएर आफ्नो तर्फबाट शुभकामना व्यक्त गरेकी थिइन्। प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भएलगत्तै उनी बालुवाटारस्थित सरकारी निवास छोडेर टोखा नगरपालिका–४, सूर्योदय टोलस्थित आफ्नै निजी निवास फर्किएकी छन्।

 
 
 
 
शुक्रबार, १३ चैत्र २०८२, १६ : ००

प्रतिक्रिया