आज यी राशिको समाजसेवा र राजनीतिमा चासो बढ्ने, अरुको दिन कस्तो ?

शनिबार, १४ चैत्र २०८२, ०६ : ४४

काठमाडौं- वि.सं.२०८२ साल चैत्र १४ गते । शनिबार । इस्वी सन् २०२६ मार्च २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–दशमी, ११ घडी ३२ पला, बिहान १० बजेर ३८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–तिष्य, २६ घडी २७ पला, बेलुकी ४ बजेर ३६ मिनेट उप्रान्त अष्लेषा । योग–सुकर्मा, ३९ घडी २५ पला, बेलुकी २१ बजेर ४७ मिनेट उप्रान्त धृति । करण–गर, बिहान १० बजेर ३८ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १८ मिनेट । दिनमान ३० घडी ४२ पला ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो तथा रमाइलो यात्राको तय हुनेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । परिवारका साथ रमाइलो यात्रा हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ । राजनीतिक यात्रा, बैठक तथा भेटघाटमा समय व्यतीत हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । तर पनि गैर न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।  

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । अग्रज, आफन्त तथा दिदी बहिनीबाट आर्थिक सहयोग पाइनेछ । खोजमूलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दिर तथा धार्मिक स्थलको यात्रा गरी धर्म कमाउन सकिनेछ । दिन दुखीको सेवामा समय खर्च हुने योग रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गी प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । राजनीतिक यात्रा, बैठक तथा भेटघाटमा समय व्यतीत हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।

शनिबार, १४ चैत्र २०८२, ०६ : ४४

प्रतिक्रिया