प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

आइतबार, १५ चैत्र २०८२, ११ : ०२

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।

कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् ।

बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो ।

 
आइतबार, १५ चैत्र २०८२, ११ : ०२

प्रतिक्रिया