यमाहा नेपालद्वारा "Now I am 71.33 kmpl" अभियान सार्वजनिक: माइलेजमा रेकर्ड र ५ वर्षको फ्रि सर्भिसिङको उपहार

आइतबार, १५ चैत्र २०८२, १७ : ५०

 

काठमाडौं- विश्वभर इन्धनको मूल्य वृद्धि भइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यमाहा नेपालले आफ्नो अहिलेसम्मकै प्रभावशाली अभियान "Now I am 71.33 kmpl" आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा स्थापित गरेको खुसियालीमा यमाहाले यो अभियान ल्याएको हो। नेपालकै एक मात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा यमाहा RayZR 125-FI हाइब्रिड अहिले हजारौँ चालकहरूका लागि आर्थिक र प्राविधिक रूपमा एउटा भरपर्दो समाधान बनेको छ।

यमाहा नेपालका अनुसार सामान्य १२५ सीसीका स्कुटरले औसत ४० देखि ४५ किलोमिटर प्रति लिटर माइलेज दिने गरेकोमा RayZR हाइब्रिडले ७१.३३ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्छ, जुन अन्यको तुलनामा करिब ४० प्रतिशत बढी हो। यो कार्यक्षमताले सहरी क्षेत्रमा नियमित यात्रा गर्ने चालकको गोजीमा वार्षिक हजारौँ रुपैयाँ बचत गरिदिने र ३ वर्षको अवधिमा इन्धन बचतबाट मात्रै स्कुटरको लागतको १ लाख रुपैयाँभन्दा बढी जोगाउन सकिने कम्पनीको विश्लेषण छ। यस स्कुटरमा प्रयोग गरिएको स्मार्ट मोटर जेनेरेटर (SMG) ले सुरुवाति गति र उकालो बाटोमा 'पावर असिस्ट' प्रदान गर्ने हुनाले माइलेजका लागि स्कुटरको शक्तिसँग सम्झौता गर्नु पर्दैन।

स्कुटरको विशेषताका बारेमा थप स्पष्ट पार्दै कम्पनीले यसलाई सेगमेन्टकै सबैभन्दा हलुका (मात्र ९९ केजी) डिजाइनमा निर्माण गरेको जनाएको छ। यसको हलुका बनावटले काठमाडौँका साँघुरा गल्ती र भारी ट्राफिकमा चलाउन सहज बनाउनुका साथै चालकको थकान समेत कम गर्छ। यसमा रहेको उन्नत 'फ्युल इन्जेक्सन' (FI) प्रविधि र स्वचालित 'स्टप एन्ड स्टार्ट' प्रणालीले ट्राफिक जाममा पर्दा इन्धन खेर जान दिँदैन। यसका साथै ब्लुटुथ कनेक्टिभिटी, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र २१ लिटरको अन्डर–सिट स्टोरेज जस्ता आधुनिक सुविधाहरूले यसलाई प्रविधि–मैत्री बनाएको छ।

कम्पनीले आफ्ना ग्राहकका लागि एउटा विशेष र दीर्घकालीन योजना पनि घोषणा गरेको छ। २०८२ चैत १ गतेदेखि RayZR हाइब्रिड खरिद गर्ने सबै ग्राहकहरूका लागि यमाहाले ५ वर्षसम्मको निःशुल्क सर्भिसिङ उपलब्ध गराउनेछ। यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले यो रेकर्ड-ब्रेकिङ माइलेज र ५ वर्षको मर्मत सुविधा जोडेर ग्राहकको स्वामित्व अनुभवबाट खर्चको चिन्ता हटाउन खोजिएको बताउनुभएको छ। एमएडब्लु राइड्स (MAW Rides Pvt. Ltd.) अन्तर्गतको यमाहा नेपालले 'काण्डो' (Kando) अवधारणा अनुरूप नवीनता, सुरक्षा र उत्कृष्ट बिक्री पछिको सेवामा बजारको नेतृत्व गरिरहेको छ।

त्यसैगरी, कम्पनीले एउटा नयाँ र आकर्षक डिजिटल अभियानको समेत तयारी गरिरहेको छ। यस प्रविधिमा आधारित पहल अन्तर्गत ग्राहकहरूले एउटा क्यूआर (QR) कोड स्क्यान गरेर लाखौँ मूल्य बराबरका विभिन्न उपहारहरू जित्ने मौका पाउनेछन्। यद्यपि कम्पनीले यस डिजिटल अभियानको विस्तृत जानकारी र सहभागिता प्रक्रिया भने हाललाई गोप्य राखेको छ र छिट्टै सार्वजनिक गर्ने जनाएको छ। ग्राहकहरूसँगको साक्षात्कार बढाउन र डिजिटल अनुभवलाई सहज बनाउन ल्याउन लागिएको यो योजनाभित्र थुप्रै सरप्राइजहरू लुकेको कम्पनी स्रोतले जानकारी दिएको छ।

 
 
आइतबार, १५ चैत्र २०८२, १७ : ५०

प्रतिक्रिया