सन नेपालको सेयर बाँडफाँटमा अनियमितता, सिइओ राजकुमार अर्याल पक्राउ

मंगलबार, १७ चैत्र २०८२, १२ : ४३

काठमाडौं– कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटमा अनियमितता गरेको आरोपमा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अर्याललाई काठमाडौंको पुतलीसडकबाट नियन्त्रणमा लिएको हो। कर्मचारी सेयर बाँडफाँट प्रक्रियामा किर्ते गरिएको आशंकामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

यस प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रारम्भिक अध्ययनपछि कर्मचारी सेयर बाँडफाँटमा गम्भीर अनियमितता भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सीआईबीमा पठाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रहरीले अर्याललाई पक्राउ गरेको बताइएको छ।

 
 
मंगलबार, १७ चैत्र २०८२, १२ : ४३

प्रतिक्रिया