बालेनका सल्लाहकार राजावादी !

मंगलबार, १७ चैत्र २०८२, १४ : ३३

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को राजनीति सल्लाहकार असिम शाहले राजसंस्थाप्रति सकारात्मक धारणा राखेको पाइएको छ । उनले ६ वर्ष अघि सामाजिक सञ्जालमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै लेखेको स्टाटस अहिले भाइरल भइरहेको छ । 

उनले ६ वर्ष अगाडि सामाजिक सञ्जालमा ‘सुध्रिने मौका अब राजालाई दिनुपर्छ । राजा आऊ देश बचाउ ।’लेखेका थिए ।

प्रधानमन्त्रीमा बालेन नियुक्त भएसँगै उनलाई राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए । यस अघि रास्वपाबाट समानुपातिक सांसद समेत भएका शाहलाई नवगठित सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने जिम्मेवारी समेत दिइएको छ । 

asim shah
 
मंगलबार, १७ चैत्र २०८२, १४ : ३३

प्रतिक्रिया