फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिट, पूर्वी नेपालसँग सम्बन्ध थप बलियो

विहीबार, १९ चैत्र २०८२, १३ : २७

काठमाडौं- फोटोन मोटर्स नेपालले चैत्र १७ गते बिर्तामोडमा कस्टमर मिटको सफल आयोजना गरेको छ। कार्यक्रममा झापा र आसपासका जिल्लाका ग्राहकहरू, यातायात व्यवसायी, फ्लीट सञ्चालक र व्यावसायिक साझेदारहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्देश्य फोटोन ब्रान्डलाई ग्राहकहरूसँग अझ नजिक ल्याउनु र प्रत्यक्ष अन्तरक्रियाको माध्यमबाट उनीहरूको अनुभव, अपेक्षा र सुझाव संकलन गर्नु थियो। यसले कम्पनीको ग्राहककेन्द्रित दृष्टिकोण र उत्पादन तथा सेवामा निरन्तर सुधारको प्रतिबद्धतालाई झल्काएको छ।

फोटोन टोलीले आफ्टर सेल्स सर्भिस र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै सेवा पहुँच र रेस्पोन्स समय सुधार्ने योजनाबारे जानकारी दिएको थियो। देशभर १६६ भन्दा बढी CCS2 फास्ट चार्जिङ प्वाइन्टहरूको स्थापनाबाट विस्तार भइरहेको ईभी इकोसिस्टमबारे पनि ग्राहकहरूलाई अपडेट गरिएको थियो।

यस कस्टमर मिटले फोटोनको पूर्वी नेपालमा पहुँच विस्तार र दीर्घकालीन सम्बन्ध निर्माणमा रणनीतिक भूमिका खेलेको छ। कम्पनीले ग्राहक प्रतिक्रिया समेटेर आफ्नो सेवा सुधार गर्ने, फ्लीट परामर्श र व्यावसायिक समाधान प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

फोटोन नेपालका आधिकारिक वितरक एमएडब्लु वृद्धी कमर्सियलले देशभर १४ भन्दा बढी बिक्री र सेवा केन्द्रमार्फत भरोसायोग्य मोबिलिटी समाधानहरू प्रदान गर्दै आएको छ। ग्राहकहरूले आवश्यक अनुसार नजिकको शोरूम भ्रमण गरेर फोटोनका उत्पादन र सेवाबारे थप जानकारी प्राप्त गर्न सक्नेछन्।

 
 
 
 
 
विहीबार, १९ चैत्र २०८२, १३ : २७

प्रतिक्रिया