इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

विहीबार, १९ चैत्र २०८२, १६ : २५

काठमाडौं – इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।

मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली T502x मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी F352र T352x मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी T1002vx मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ र र c252V को मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

WhatsApp Image 2026-04-02 at 4.16.29 PM

साथै, काठमाडौंको नक्सालमा नयाँ शोरूम सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले प्रिमियम मोटरसाइकलको अनुभव लिन सक्नेछन्।

ग्राहक सेवालाई ध्यानमा राख्दै कम्पनीले हाल तिनकुनेमा सर्भिस सेन्टर सुविधा प्रदान गरिरहेको छ भने निकट भविष्यमा उत्तरढोकामा थप सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको छ।
प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि परिचित मोर्बिडेलीले नेपाली बजारमा उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ । यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ब्तजभच लाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ ।

 
 
 
विहीबार, १९ चैत्र २०८२, १६ : २५

प्रतिक्रिया