काठमाडौं- सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिक पिकअप 'रिडारा RD6 ECON 4x4' सार्वजनिक गरेको छ। आधिकारिक वितरकको रूपमा सीजी मोटर्सले नेपाली बजारका लागि यस शक्तिशाली र बहुउपयोगी गाडीको सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। "Pure Electric, Pure Capability" को अवधारणामा आधारित यो पिकअपले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ। करिब दुई वर्षअघि नाडा अटो शोमा प्रदर्शन भएदेखि नै रिडाराले नेपालको नम्बर १ इभी पिकअपको रूपमा आफूलाई स्थापित गरिसकेको छ भने नयाँ ECON 4x4 भेरियन्टले अझ उच्च अफ-रोड क्षमता र पावर प्रदान गर्नेछ।
यो गाडीमा ४८५ Nm को अधिकतम टर्क र डुअल मोटर अल-ह्विल ड्राइभ प्रणाली रहेको छ, जसले गर्दा कठिन भू-भागमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित हुन्छ। २२५ mm को ग्राउन्ड क्लियरेन्स र १२३५ केजीको पेलोड क्षमताले गर्दा यसलाई भारी व्यावसायिक प्रयोजनका लागि अत्यन्त उपयुक्त बनाएको छ। साथै, यसमा रहेका ६ वटा ड्राइभ मोडहरू (Eco, Comfort, Sport, Snow, Mud, Sand) ले सडक र मौसमको अवस्था अनुसार चालकलाई पूर्ण नियन्त्रण प्रदान गर्दछन्। ३९० किलोमिटरको रेन्ज दिने यो पिकअपले व्यावसायिक प्रयोगकर्ता र एड्भेन्चर प्रेमी दुवैका लागि उत्कृष्ट समाधान प्रस्तुत गरेको छ।
सुरक्षाका दृष्टिले पनि रिडारा RD6 ECON 4x4 अत्यन्त भरपर्दो छ। यसमा ५-स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम र IP68-रेटेड ब्याट्री प्याक समावेश गरिएको छ, जसले गर्दा नेपालको चुनौतीपूर्ण मौसम र भौगोलिक अवस्थामा पनि गाडी सुरक्षित र टिकाउ रहन्छ। हाल यो गाडी देशभरका सीजी मोटर्सका शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध छ। थप जानकारीका लागि इच्छुक ग्राहकहरूले कम्पनीको आधिकारिक सम्पर्क नम्बरहरू ९८०२३४१८२० वा ९७०७०९४१९० मा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया