पार्टी पुनर्गठनका लागि प्रचण्डले अघि सारे नयाँ प्रस्ताव

शनिबार, २१ चैत्र २०८२, १६ : ५६

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन गर्ने तयारी गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संयोजन समितिको बैठकमा आगामी कार्य योजनासहितको प्रस्ताव अघि सारेका हुन् ।

पार्टीले तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्ने उनको निष्कर्ष छ । पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नको लागि १० बुँदे प्रस्ताव राखेका छन् ।

अबको तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने र ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ ।

 
शनिबार, २१ चैत्र २०८२, १६ : ५६

प्रतिक्रिया