काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी रहेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै ‘हेर्दाहेर्दै’मा राखेको थियो । सोही इजलासमा आज पुनः बहस भइरहेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा दुवै नेतालाई गत चैत १४ गते बिहान पक्राउ गरिएको थियो ।
ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य तथा लेखकको तर्फबाट उनकी पत्नी यशोधा थापाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।
प्रतिक्रिया