नाइमाको समन्वयमा लक्ष्मी हुण्डाईद्वारा आयोजित ३ दिने प्राविधिक क्षमता अभिवृद्धि तालिम सुरु

मंगलबार, २४ चैत्र २०८२, ०९ : ४०

काठमाडौं– नाइमा (NAIMA) को समन्वयमा लक्ष्मी हुण्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा तथा मर्मतसम्बन्धी ३ दिने प्राविधिक क्षमता अभिवृद्धि तालिमको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ। 

कार्यक्रमका अध्यक्ष निराकार श्रेष्ठज्यूले सवारी क्षेत्रको विकसित प्रविधिसँगै दक्ष प्राविधिक जनशक्ति विकासको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै NAIMA ले CTEVT तथा ट्राफिक प्रहरीसँग सहकार्यमा क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताए ।

विशेष अतिथि डीएसपी केशर न्यौपानेज्यूले सवारी क्षेत्र परिवर्तनको चरणमा रहेकाले प्राविधिक ज्ञान र सचेतना अभिवृद्धि अत्यावश्यक रहेको बताए ।

त्यसैगरी, प्रमुख अतिथि, बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्रिन्सिपल इ. सुशील श्रेष्ठज्यूले  इलेक्ट्रिक सवारीसम्बन्धी विषयवस्तु वर्तमान बजार सन्दर्भमा अत्यन्त आवश्यक बन्दै गएको उल्लेख गर्दै NAIMA सँगको सहकार्यबाट यो तालिम सफलतापूर्वक सञ्चालन हुन सकेको बताए ।

यस तालिममा CTEVT बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका १८ जना विद्यार्थी तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ७ जना ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ।

 
मंगलबार, २४ चैत्र २०८२, ०९ : ४०

प्रतिक्रिया