आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

बुधबार, २५ चैत्र २०८२, ०७ : ०७

काठमाडौं- वि.सं.२०८२ साल चैत्र २५ गते । बुधबार । इस्वी सन् २०२६ अप्रिल ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–षष्ठी, २७ घडी ५ पला, बेलुकी ४ बजेर ३९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मूल, अहोरात्र । योग–वरियान, २४ घडी १७ पला, दिउसो ३ बजेर ३२ मिनेट उप्रान्त परिध । करण–वणिज, बेलुकी ४ बजेर ३९ मिनेट उप्रान्त भद्रा, रातको ५ बजेर ३७ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २४ मिनेट । दिनमान ३१ घडी २७  पला ।

आजको राशिफल 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ । मौसम अनुसारको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन  सकिनेछ । धर्म तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ ।  

 वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रको लगानी फस्टाएर जाने तथा भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकस्मिक धन, सम्पत्ति लाभ हुने तथा चिट्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी विचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा  नतिजा हात पार्न राम्रै मेहनते गर्नुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिस्पर्धामा सहभागी हुनु परेपनि प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागि समय उत्तम रहेको छ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको यात्राको योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय तथा सेयर बजारमा आज गरिने लगानी फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।  प्रेमील जोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पठन पाठनमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरूभन्दा पछि परिनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्नुपर्ने समय रहेको छ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा सुधार गरी अगाडी बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कर्म भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

बुधबार, २५ चैत्र २०८२, ०७ : ०७

प्रतिक्रिया