काठमाडौँ- सिद्धार्थ बैंक र जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गराउँदा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा ५० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्दै ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने उद्देश्यले यो समन्वय गरिएको बैंकले जनाएको छ।
यसबारे थप जानकारी आवश्यक परेमा ग्राहकहरूले बैंकको २४ सै घण्टा उपलब्ध रहने सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया