नयाँ वर्षको अवसरमा एनसेलको धमाकेदार अफर: मात्र ६९९ रुपैयाँमा अनलिमिटेड इन्टरनेट र कल सुविधा

बुधबार, २५ चैत्र २०८२, १७ : १३

काठमाडौं- एनसेलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आफ्ना प्रिपेड ग्राहकहरूका लागि अत्यन्तै सुलभ र आक्रामक 'अनलिमिटेड कम्बो प्याक' सार्वजनिक गरेको छ।

यसअघि १,९९९ रुपैयाँ पर्ने उस्तै सेवाको शुल्कमा ६५ प्रतिशतले भारी कटौती गर्दै एनसेलले अब मात्र ६९९ रुपैयाँ (करसहित) मा २८ दिनका लागि अनलिमिटेड डेटा, कुनै पनि नेटवर्कमा गर्न सकिने अनलिमिटेड कल र दैनिक १०० एसएमएस उपलब्ध गराउने भएको छ। ग्राहकले *123# डायल गरेर वा एनसेल एपमार्फत सजिलै यो प्याक सुचारु गर्न सक्नेछन्।

यस प्याक अन्तर्गत ग्राहकले हलिउड फिल्म र चर्चित सिरिजहरू रहेको 'लायन्स गेट प्ले' मा समेत नि:शुल्क पहुँच पाउनेछन्। कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकको डिजिटल जीवनशैलीलाई थप सहज र किफायती बनाउन यो प्याक ल्याइएको एनसेलले जनाएको छ।

 
 
 
 
बुधबार, २५ चैत्र २०८२, १७ : १३

प्रतिक्रिया