उपसभामुखमा राप्रपाबाट लामाको उम्मेदवारी दर्ता, रास्वपाको समर्थन रहने

विहीबार, २६ चैत्र २०८२, १३ : ५५

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन् । लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी हुन् । 

लामालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने बचन दिएको छ । रास्वपाले समर्थन गरेमा  लामा उपसभामुख हुने निश्चित छ ।

संघीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

 
विहीबार, २६ चैत्र २०८२, १३ : ५५

प्रतिक्रिया