उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

शुक्रबार, २७ चैत्र २०८२, १० : ४५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो बस्दै छ। आज (चैत २७ गते) हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। 

दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनसँगै अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जानकारी दिएको छ।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। निर्वाचन आज हुँदै छ। 

तर प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत (१८२ सिट) भएकाले उसको समर्थन पाएको रुबी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ। 

 
शुक्रबार, २७ चैत्र २०८२, १० : ४५

प्रतिक्रिया